फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर हरायो, खोजी चल्दै


काठमाडाैं – गएको हप्ता फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएपछि खोजी भइरहेको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको हो ।

दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता तेबोगे रामातजीले कन्टेनरहरू पत्ता लगाउन यो क्षेत्रको हवाई सर्वेक्षण भइरहेको र अन्य जहाजहरूलाई खोजी गर्न भनिएको बताए । गएको हप्ता दक्षिण अफ्रिकाको समुद्री तट केप अफ गुड होपमा ठुलो आँधीले ढुवानीलाई अवरोध गरेको थियो ।

यमनको हुथी विद्रोहीहरूको खतराका कारण जहाजहरू लाल सागरको मार्गबाट बच्न खोज्दा समुद्री तटबाट ढुवानीको सङ्ख्या बढ्न थालेको छ । एजेन्सी

प्रतिक्रिया