मनसुनी वायुको प्रभाव : आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो बेला देशभर एकैपटक ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।
तर यसको प्रभावले आज कोशी, मधेस, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
रातिदेखि गण्डकी प्रदेशका केही र कोशी, बाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक, दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झापाको शनिश्चरेमा एकसय मिलिमिटर पानी परेको छ ।
ठूलो पानी परेपछि निन्दा खोलामा जलसतहले सतर्कता तह पार गरेको छ ।