आश्मा कुमारी बनिन् ‘मिस नेपाल वर्ल्ड २०२४’


काठमाडाैं – ‘मिस नेपाल वर्ल्ड-२०२४’ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् ।

हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि हाँसिल गरेकी हुन् । उनलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितिन् । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया