सर्पको टोकाईबाट बालिकाको मृत्यु, आमा गम्भीर


दाङ – सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । उनकी आमाको अवस्था गम्भीर रहेको छ ।

गए राति सर्पको टोकाईबाट  छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया