विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन
काठमाडौं – विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको ११७ वर्षको उमेरमा निधन भएको हो ।
सीएनएनका अनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर) ले विज्ञप्ति जारी गर्दै मोरेराको ११७ वर्ष १६८ दिनको उमेरमा निधन भएको हो ।
जीडब्लूआरका अनुसार उनी विश्वमा सबैभन्दा लामो समय बाँच्नै आठौं व्यक्ति हुन् । २०२३ को जनवरीमा विश्वकै सबैभन्दा बढी उमेरकी ११८ बर्षिय सिस्टर आन्द्रेको निधनपछि मोरेरा विश्वकै सबैभन्दा बढी उमेरकी घोषित भएकी थिइन् ।
मोरेराको जन्म उनको परिवार स्पेनबाट अमेरिका बसाईं सरेको एक वर्षपछि १९०७ मार्च ४ मा भएको थियो । त्यसको ८ वर्षपछि उनको परिवार स्पेनको बार्सिलोना फर्केको थियो ।
पछिल्लो समय भने उनी स्पेनको क्याटालोनियामा बस्दै आएका थिइन् । उनी कोभिड १९ को संक्रमणबाट निको हुने सबैभन्दा बढी उमेरकी मानिससमेत हुन् ।