सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख ५३ हजार


काठमाडाैं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । मुल्य बढेसँगै सुनको मुल्यले भने आज पनि नयाँ रेकर्ड बनाएको हो ।

सुनको मुल्य आज अहिले सम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । गएको आइतबार भने सुनको मुल्य बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया