‘मायाको रोग’बाट जिबि चिरनले अर्थ्याए सम्बन्ध (भिडियोसहित)

काठमाडौं – बिन्दास मिडिया नेटवर्कको सहकार्य र निशा शर्मा अर्यालको प्रस्तुति रहेको ‘मायाको रोग’ बोलको गीत सार्वजनिक भएको छ। जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको शब्द एवम् धुर्व विस्कोको संगीत रहेको यस गीतमा बादल थापा मगरले स्वर दिएका छन् भने गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्।

सार्वजनिक गीतमा संचारकर्मी एवम् चर्चित मोडल जिबि चिरन (चिरञ्जीवी सापकोटा),निरुता शाही र समीप निरौला, अर्जुन भुसालको समेत मुख्य भुमिका रहेको छ भने बाल कलाकार दिवस पोख्रेल र शुशान्त रेग्मी समेतको अभिनय देख्न सकिन्छ।

यस गीतलाई रोनिक रोनले सह निर्देशन गरेका छन् भने दिपक गिरीको छायांकन र दिनसन शाहको सम्पादन रहेको यस गीतलाई आहा टिभीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतमा सिमित स्वार्थको लागि अघि बढाएको सम्बन्ध र साँचो मायाले अघि बढाएको दुबैतर्फको सम्बन्धलाई उजाँगर गर्न खोेजिएको छ । यसैगरी पछिल्लो समय जिवि चिरणको अभिनयलाई दर्शकले निकै रुचाएका छन् भने उनले अभिनय गरेका सबै भिडियो ट्रेण्डिङमा पर्न समेत सफल भएका छन् ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *