मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सजिलो तरिका


काठमाडाैं – मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

यो सुविधा उपलब्ध भएसँगै पासवर्च बिर्सिएको कसयमा सम्बन्धित डीपीमै सम्पर्क गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । मेरो शेयरको पासवर्ड रिसेट गर्न शुरूमा मेरो शेयर लगइन गर्ने ठाउँमा जानुहोस् ।

त्यसपछि यहाँ तल ‘फर्गेट योर पासवर्ड’ भन्ने अप्सन देखिने छ । अनि उक्त अप्सनमा क्लिक गर्नुहोस् र डीपी, युजर नेम, इमेल तथा जन्म मिति राखेर सेन्ड गर्नुहोस् । यति गरेपछि प्रयोगकर्ताले सीडीएससीबाट इमेलमा पाएको निर्देशनका आधारमा पासवर्ड रिसेट गर्न सक्नेछन् ।

प्रतिक्रिया