काठमाडौंमा साँझ ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले देउसी भैलो जस्ता कार्यक्रम राती ९ बजेसम्म मात्र खेल्न पाईने जनाएको छ।

यसैगरी पटका आतशबाजी जस्ता प्रज्वलशील पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाईएको छ । स्वास्थ्य मापदण्ड पालना गरी पुजा पाठ गर्नुका साथै मन्दिर तथा गुम्बा आदिमा भिडभाड नगर्न पनि सो कार्यालयले अनुरोध गरेको छ।

यस्तै शान्ति सुरक्षामा खलल पार्ने कुनै पनि कार्य गर्न पनि रोक लगाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *