क्याम्पसलाई प्रभु बैंकको कम्प्युटर सहयोग
काठमाडौं – प्रभु बैंकले नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ ।
बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको जनाएको छ । बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
सोही कार्यक्रममा बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता बारे जानकारी गराएको बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले बताए ।