नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार सय ५६ डलर


काठमाडौं – नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षको अन्तिमसम्म नेपालीहरुको खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी गत वर्षको तुलनामा ५१ अमेरिकी डलर बढेर एक हजार चार सय ५६ पुग्ने अनुमान कार्यालयले गरेको छ ।

त्यस्तै प्रतिव्यक्ति गार्हस्थ उत्पादन भने  एक हजार चार सय ३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो सबै बजार मूल्यमा हो । खुद राष्ट्रिय प्रतिव्यक्ति आम्दानी भने एक हजार आठ सय ४३ डलर पुगेको छ । रेमिट्यान्सको समेत आय जोडिने यो शीर्षकमा गत वर्षको तुलनामा उच्च वृद्धि भएको छ ।

प्रतिक्रिया