एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश, २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व भुक्तानी


काठमाडौं – एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ । बैंक साउन ५ गतेदेखि स्थापनाको २७ वर्ष पार गरी २८ वर्षमा लागेको हो ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित अघि बढेको बैंकले यो अवसरमा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको दावी गर्दै २८ औं वार्षिकोत्सव मनाउन लागेको छ ।

२७ वर्षअघि साउन ५ गतेका  दिन सम्पूर्ण सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग सेवा दिदै आएको छ । यस दौरान कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको र गत अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया