नेपाल बैंकको अध्यक्षमा चन्द्रबहादुर अधिकारी नियुक्त


काठमाडाैं – नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको असोज २ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्षको जिम्मेवारी परिवर्तन भई डा. अधिकारी अध्यक्ष पदमा चयन भएका हुन् ।

नव नियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ ग्रहण गरेको नेपाल बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए ।

यसअघि बैंकको अध्यक्षमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भएर आएक गंगा प्रसाद ज्ञवाली रहेका थिए । विसं २०७९ साउन २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया