विश्वमा गत २४ घण्टाभित्र थपिए करिब ९ लाख कोरोना संक्रमित, मृत्यु कति ?

काठमाडौं – विश्वमा एकै दिन करिब ९ लाख जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन् ।

उक्त अवधिमा १४ हजार १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्‍कअनुसार हालसम्म विश्वमा कोरोना सङ्क्रमितको संख्या १४ करोड ६२ लाख १८ हजार नाघेको छ । यस्तै मृत्यु हुनेको संख्या ३० लाख ९८ हजार ८३६ पुगेको छ ।

गत २४ घण्टा भित्र सबैभन्दा धेरै भारतमा तीन लाख ४५ हजार संक्रमित थपिएका छन् । उक्त अवधिमा भारतमा २ हजार ६२१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

भारतपछि ब्राजिलमा ६५ हजार ९७१ संक्रमित थपिएका छन् । उक्त अवधिमा त्यहाँ दुई हजार ८६६ जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै अमेरिकामा पनि ६५ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा ७४७ जनाले कोरोनाकै कारण गत २४ घण्टाभित्र ज्यान गुमाएका छन् ।

यसैगरी टर्कीमा ४९ हजार ४३८, फ्रान्समा ३२ हजार ३४०, अर्जेन्टिनामा २७ हजार ७१०, जर्मनीमा २३ हजार ७१०, इरानमा २२ हजार ९०४, कोलम्बियामा १९ हजार ९२५, इटालीमा १४ हजार ७६१, स्पेनमा ११ हजार ७३१, पोल्यान्डमा १० हजार ८५८ तथा रसियामा आठ हजार ८४० जना संक्रमित थपिएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *