जनस्वास्थ्यका नयाँ मापदण्डसँगै एक सातापछि लकडाउन गर्ने तयारीमा सरकार !


काठमाडौं – सरकारले एक सातापछि लकडाउन गर्ने तयारी गरेको छ । जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने तयारीसँगै सरकारले लकडाउन गर्न लागेको हो । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो।

पहिलो एक हप्ता जनचेतना फैलाउने र जनस्वास्थ्यको आचारसंहिता कडाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने त्यसपछिको अवस्था हेरेर लकडाउन गर्नु परे निर्णय लिन सक्ने कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ। यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुनेछ।

डान्सबार, सिनेमा हल लगायत भिडभाड हुने ठाउँमा गम्भीर सावधानी अपनाउन सरकारले अपिल गर्नेछ। सरकारले जारी गर्ने आचारसंहिता पालना नगरे चरणबद्ध कडाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया