युक्रेनमा मारिएका छोराको शव ल्याइदिन प्रधानमन्त्रीसँग पिताको गुहार

काठमाडौं – युक्रेनमा जारी रुसको आक्रमणमा मारिएका भारतीय विद्यार्थी नवीनका बुबाले आफ्ना छोरा शव घर ल्याइदिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन्।

नवीनका बुबाले आफूलाई प्रधानमन्त्री मोदीले फोन गरेको र त्यसका क्रममा आफूले छोराको शव ल्याइदिन माग गरेको सञ्चारमाध्यमलाई जानकारी गराएका हुन्। यसैबीच कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले युक्रेनको खार्किभ सहरमा मारिएका भारतीय विद्यार्थी नवीनको शव ल्याउन हरसम्भव प्रयास भइरहेको बताएका छन्।

पत्रकारसँग कुरा गर्दै उनले नवीनका साथीहरूले उनको शवको तस्बिर पठाएको बताए। यो तस्बिर पुष्टिका लागि विदेश मन्त्रालयमा पठाइएको उनले बताए। मुख्यमन्त्री बोम्मईले भने, ‘हामी भारतीय दूतावाससँग सम्पर्कमा छौँ ताकि शव सुरक्षित होस्।’

नवीनको परिवारलाई क्षतिपूर्ति दिइने उनको भनाइ छ। एक दिनअघि भारतको कर्नाटक राज्यका नवीन शेखरप्पाको खार्किभमा मृत्यु भएको हो। गोलाबारीमा नवीनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। बीबीसी हिन्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *