युक्रेनबाट बाहिरिए २ सय ९८ नेपाली नागरिक


काठमाडाैं – रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट २ सय ९८ नेपाली नागरिक बाहिरिएका छन् । जर्मनीस्थित नेपाली दूतावासका अनुसार युक्रेनको पूर्वमा रहेको खार्किभ शहरमा फसेका तीन नेपाली पनि सुरक्षित साथ बाहिरिएका छन् ।

युक्रेनबाट बाहिरिएकामध्ये अधिकांश पोल्याण्ड छिरेका छन् । राजदूतावासका अनुसार २९८ जनामध्ये २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् ।

खार्किभमा अझै एक नेपाली विद्यार्थी भारतीय विद्यार्थीहरूसँग रहेको र भारतीय विद्यार्थीहरूसँगै उनको पनि उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया