पञ्जाबमा विधानसभा निर्वाचन : पहिलो पटक चुनाव हारे सिद्धु


काठमाडौं – भारतकाे पञ्जाब राज्यमा विधानसभा निर्वाचनकाे मतगणनाले कंग्रेसलाई ठूलो झड्का लागेको छ । यसपालि पञ्जाब राज्यमा दलले काम गरेको छ । अनुहार हारेको छ ।

पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह, वर्तमान मुख्यमन्त्री चरणजीत चन्नी, कांग्रेस नेता नवोजोत सिंह सिद्धु, चलचित्र अभिनेता सोनु सुद तथा अकाली दलका नेता विक्रम मजिठिया पराजित भएका छन् । ९४ वर्षे प्रकाश सिंह बादल आम आदमी पार्टीको सुनामीमा परेर हार्न पुगे ।

८० वर्षे क्याप्टेन सिंह पनि राजनीतिक करियरमा विधानसभा चुनावमा दोस्रो पटक पराजित भए । त्यस्तै कहिल्यै नहारेका नवजोत सिंह सिद्धु र विक्रम सिंह मजिठियाको रेकर्ड पनि तोडिएको छ । मुख्यमन्त्री चन्नीसहित अहिलेको सरकारका ८० प्रतिशत मन्त्री पनि पराजित भएका छन् ।

त्यस्तै शिरोमणि अकाली दलका अध्यक्ष सुखबीर बादल पनि पराजित भए । चन्नीको हारले पञ्जाबमा कंग्रेसको दलित राजनीति पनि समाप्त भएको विश्लेषण गरिएको छ । ११७ सिट रहेको पञ्जाबमा आम आदमी पार्टीले दुई तिहाई सिटसहित जितेको छ । भाजपाले २ सिटमात्र जितेको छ । एजेन्सी

प्रतिक्रिया