मन्थलीका ८ घरमा चोरी, स्थानीय प्रहरी परिचालन


रामेछाप – मन्थली नगरपालिकाको सुनारपानी र सालुमा बुधबार राति ८ घरमा चोरी भएको छ । ती घरहरुबाट नगद र सुन चोरिएको पीडितले जनाएका छन् । चोरीको खबर पाएलगत्तै बिहीबार जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।

टोली नेतृत्व प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले चोरी भएका घरका पीडितसँग छलफलका साथै चोरीमा संलग्नहरु भाग्ने संभावित क्षेत्रबारे जानकारी लिएर फर्केको बताए । ‘हामीले अनुसन्धान अघि बढाएका छौं, ’ श्रेष्ठले भने, ‘स्थानीय प्रहरीसमेत परिचालन गरिएको छ ।’

सालु र सुनारपानीमा यसअघि पनि बारम्बार चोरीका घटना हुने गरेका थिए । तर चोरीमा संलग्नलाई कारबाही गर्न नसकेका कारण चोरीका घटना दोहोरिएको स्थानीयको बुझाई छ ।

प्रतिक्रिया