५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्धार


काठमाडाैं – बूढानीलकण्ठ नगरपालिका-३ मित्रचोकमा ५० फिट गहिरो इनार भित्र खसेकी महिलाको प्रहरीले उद्धार गरेको छ ।

मित्रचोकमा हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको तातोपानी घर भएकी ४५ वर्षकी पेमा शेर्पा हिजो साेमवार दिउँसो इनारमा खसेकी थिइन् ।

शेर्पाको उद्धारका लागि महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीलाई आग्रह गरे पनि १७ जनाको प्रहरी टोलीले उनको उद्धार गरेको हाे ।

बेहोस अवस्थामा उद्धार गरिएकी शेर्पाको उपचार भइरहेको र अहिले उनी बोल्न सक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रतिक्रिया