आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुन्छ : आयोग


काठमाडाैं – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । आयोगले पत्रकार सम्मेलन गर्दै आचारसंहिता शुक्रवार राति १२ बजेबाट लागु हुने जनाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित हुनुका साथै सञ्चारमाध्यममार्फत आमनागरिकमा समेत प्रचारप्रसार भएको बताए ।

आचारसंहितामा भएका प्रावधान सबै राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला पक्षले पूर्ण रुपमा पालना गर्न उनले आग्रह पनि गरेका छन् । स्वच्छ, स्वतन्त्र, मितव्ययी रूपले निर्वाचन सम्पन्न गराउन र खर्चमा नियन्त्रण गर्दै भड्किलोरहित चुनाव बनाउन उनले आग्रह गरे ।

निर्वाचन आचारसंहिता ऐन २०७८, निर्वाचन कसूरजन्य ऐन २०७८ सहित निर्वाचन आयोगबाट जारी भएको ६० बुँदे निर्देशन पालना गर्न उनले आग्रह गरे । यस्तै उनले सामाजिक सञ्जालमा उम्मेदवार र राजनीतिक दलले मात्र प्रचार गर्न पाउने बताए ।

प्रतिक्रिया