मन्त्रालय डलर सिफारिस गर्न सहमत भएपछि इन्टरनेट सेवा नरोकिने


काठमाडाैं – तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि नतिर्दा  चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।

तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको हाे ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फी लगायतका कम्पनीबाट ब्यान्डविथ खरिद गर्दै आएका छन् । महालेखा परीक्षकको रिपोर्टमा भएको बेरुजुलाई आधार मानेर मन्त्रालयले डलर सिफारिस रोक्दा सेवा प्रदायकले विदेशी कम्पनीलाई रकम तिर्न पाएका थिएनन् ।

प्रतिक्रिया