आन्तरिक उडान बन्द गर्ने तयारी, भारत र टर्कीका उडान पनि रोक्न सिफारिस

काठमाडाैं – काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएपछि आन्तरिक हवाई उडान बन्द गर्न मन्त्रीपरिषद्मा सिफारिस गरिएकाे छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार साँझ बसेको बैठकले आन्तरिक उडान तत्कालका लागि बन्द गर्न मन्त्रीपरिषद्मा सिफारिस गरेकाे हाे।

काेराेना महामारी बढेसँगै देशका २९ जिल्लामा निषेधाज्ञा जारी गरिएसँगै नीजि तथा सार्वजनिक यातायात बन्द छन्। तर, हवाई उडान भने यथास्थितिमै सञ्चालमा रहेकाे छ।

यस्तै, भारत र ट्रकीकाे अन्तर्राष्ट्रिय उडान बन्द गर्न पनि बैठकले सिफारिस गरेकाे छ। भारतमा काेराेना संक्रमित तीव्रगतिमा बढ्दै गएपछि अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलिया जस्ता देशले सिधा उडान स्थगित गरेकाे छ।

जसकारण पछिल्लाे दिन नेपाल ट्रान्जिट भएर विदेशीने भारतीयकाे संख्या बढ्दै गएकाे छ। यसैकारण नेपालमा पनि काेराेना संक्रमणकाे भयवह स्थिति आउनसक्ने भन्दै हवाई यात्रालाई प्रतिबन्ध लगाउन स्वास्थ्य विज्ञहरुले माग गरिएकाे छ।

यद्यपि, सीसीएमसीले गरेकाे सिफारिस मन्त्रीपरिषद्काे अब बस्ने बैठकमा छलफल हुनेछ। उक्त बैठकले हवाई उडान बन्द गर्ने वा यथास्थितिमै चालू राख्ने भन्नेबारे निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *