देशभर थप १० जना कोरोना संक्रमित


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७६८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्या बराबरमा संक्रमण पुष्टि भएको हो ।

यस्तै यस अवधिमा १६ जना निको भएका छन् । यो संगै मुलुकभर निको हुनेको संख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५२ जनाको ज्यान गुमाइसकेका छन् । नेपालमा अहिले १३३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घण्टाका ३१ हजार ३८८ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया