दोहोरो अङ्कले घट्याे शेयर बजार, परिसूचक नेप्से २२०० विन्दुमा


काठमाडाैं – शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज दुई सय २४ वटा कम्पनीकाे ३९ लाख १७ हजार कित्ता शेयर एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त र विन नेपाल लघुवित्त कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । गुराँस लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया