बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – सञ्चारकर्मी एवं गायिका ईश्वरी बरालको नयाँ गीत ‘खानदानी छोरी’ सार्वजनिक भएको छ। गीतमा बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्‍याप रहेको छ।

भट्टको नै संगीत रहेको उक्त गीतका शब्द टुरिष्ट जङग विकले लेखेका हुन्। गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन्। प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् भने मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका छन्।

चोभारमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा टिकटक स्टार जुम्ल्याहा दिदी बहिनी इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय रहेको छ। म्युजिक भिडियोमा र्‍यापर भट्टको अभिनय पनि देख्न सकिन्छ।

इक्षिता, बिक्षिताको यो डेब्यु म्युजिक भिडियो हो। भिडियोलाई सान थापाले निर्देशन गरेका छन्। गायिका बरालको यसअघि सार्वजनिक भएको नरिसाउन होइ गीत चर्चामा छ।

भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *