आज १५ अंकले बढ्याे नेप्से, झण्डै ५ अर्बको कारोबार
काठमाडौं – शेयर बजारमा आज १५ अंकको सुधार भएको छ । साताको कारोबारको पाँचौ दिन आज नेप्से परिसुचक १५ दशमलव ४९ अंकले बढेर २१२७ दशमलव ४७ विन्दुमा थामिएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स आज २ दशमलव ७० अंकले बढेर ४०५ दशमलव ६२ विन्दु कायम भएको हो ।
आज २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।