पासपोर्ट बनाउन भोलिदेखि अनलाइन फाराम खुल्ने

काठमाडौं – राहदानी (पासपोर्ट) लिनको लागि भोलि (मंगलबार)देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ। राहदानी विभागले एक सूचना जारी गर्दै मङ्गलवारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।

यसअघि राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो।

केही दिन पहिले विभागले यन्त्रवाचक राहदानी(एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *