अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको नियन्त्रण गर्ने मेयर शाहकाे प्रतिवद्धता

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण गर्ने बताएका छन् ।

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको बताउँदै आइतबार बिहान एक विज्ञप्तिमार्फत मेयर शाहले महानगरबासीलाई अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम गर्ने बताएका हुन् ।

उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ले दिएको अधिकारलाई प्रयोग गर्दै महानगरको विकासका लागि आफूले कदम चालेको पनि स्पष्ट पारे । उनले सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प खुला रहेको बताउँदै सबैलाई त्यस कार्यमा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *