थप १४२ जनामा कोरोना पुष्टि , २३० सङ्क्रमणमुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ४५० जनाको कोरोना परीक्षण गर्दा १४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, एक हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ र एक हजार ६९४ एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३० जना सङ्क्रमणमुक्त भएका छन् भने सोही समयमा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ७८ हजार ९०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, हाल मुलुकमा दुई हजार ५२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये दुई हजार ३८५ जना होम आइसोलेसनमा र १४३ जना अस्पतालमा उपचाररत रहेका छन् । संस्थागत आइसोलेसमा रहेका मध्ये ३८ जना आइसियू र चार जनाको भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया