कोरोना भाइरस : थप ३०० मा संक्रमण पुष्टि, १२४ जना कोरोनामुक्त


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३०० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७७ एन्टीजेन परिक्षण गर्दा १२३ गरी ३०० जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ। उक्त अवधिमा ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या २ हजार ४५७ जना रहेका छन् ।

प्रतिक्रिया