पोखरा विमान दुर्घटना : ‘ब्ल्याक बक्स’ फेला, ३८ शवको पहिचान खुल्यो


काठमाडौं – आइतबार दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ।

आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए ।

विमान दुर्घटनाको कारण खुलेको छैन। आजै विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।

सूची :-

प्रतिक्रिया