निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने सभामुख घिमिरेको प्रतिवद्धता

काठमाडौं – प्रतिनिधिसभाका निर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने बताएका छन्। सभामुखमा निर्वाचित भएपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने बताए।

‘यो प्रजातन्त्रमा राम्रो सुन्दर अभ्यास भएको छ। यो अभ्यासले म चुनावमा प्रतिस्पर्धा गरेको हुँ। सभाको प्रतिनिधित्व ठीक ढंगले अगाडि बढाउँछु,’ उनले भने।

बिहीबारको संसद बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरिन्। घिमिरे मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *