पूर्व न्यायाधीश गिरीलाई कारबाही माग गर्दै प्रदर्शन, पाँच महिला पक्राउ

काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने पाँच जना महिला अधिकारकर्मीहरू पक्राउ परेका छन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले पुष्टि गरे।

पक्राउ पर्नेमा आरती गिरी, बिनु यादव, कृतिका यादव, कृष्ण कठायत र सरिना फुयाल रहेका छन्। उनीहरुले संसद भवन अगाडि टायर बालेर प्रदर्शन गर्न लागेपछि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश गिरीकी श्रीमतीले यौन शोषण गरेको आरोप लगाउँदै आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *