मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल गर्न गठबन्धन दलको बैठक जारी
काठमाडौं – सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठन, उपनिर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक सोमबारमात्रै विश्वासको मत लिएका थिए। प्रचण्डले विश्वासको मत लिएपछि पहिलोपटक सत्ता साझेदार दलको बैठक बस्न लागेको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए।