अमृतपालका सहयोगी पापलप्रीत पञ्जाबबाट पक्राउ


नयाँदिल्ली – भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’ अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन् ।

पापलप्रीत गत फागुन १३ गते अजनाला प्रहरी चौकीमा दर्ता भएको अजनाला हिंसाको मुद्दामा पनि वान्टेड थिए । ‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने ।

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’ को अभियान चलाइरहेका अमृतपालको निगरानी सुरक्षा निकायले गरिरहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए । एजेन्सी

प्रतिक्रिया