बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं – सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ।
सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ। कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी, अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ।