टाटा मोटर्सले प्यासेन्जर कारको फ्री सर्भिस र वारेन्टी अवधिमा थप


काठमाडाैं – टाटा मोटर्सको लागि नेपालकाे आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले लकडाउनको कारण ग्राहकमा पर्न गएको अफ्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै टाटाको सबै कारहरुको फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टी अवधिमा एक महिना थप गरेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले स्ट्यान्डर्ड वारेन्टीको नियम तथा सर्तहरु अन्तर्गत गाडीको वारेन्टी अवधि ३० जुन २०२१ सम्म लागि थप गरेको हाे । टाटा कार ग्राहकहरुको फ्री सर्भिस र वारेन्टी अवधिको म्याद १ अप्रिल २०२१ देखि ३१ मे २०२१ को भित्र परेको हुनुपर्ने छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का ग्राहक सेवा तर्फबाट टाटा प्यासेन्जर गाडीका प्रमुख प्रबन्धक कुमार भण्डारी भन्छन् ‘कोरोना भाइरसको कारण भएको लकडाउन र अत्यावश्यक बाहेकको आवागमन प्रतिबन्धका कारण ग्राहकहरुले गाडी मर्मत गराउन कठिनाइ भएको कारण फ्री सर्भिस र ओरिजिनल इक्विपमेन्ट वारेन्टीको अवधि थप गरिएको हो ।’

टाटा गाडीको ग्राहकहरुको लागि सिप्रदी २४ घण्टा सेवामा समर्पित रहेकाे जनाएकाे छ ।

प्रतिक्रिया