नयाँ वर्षमा फाेन एक्सचेन्ज हर्ष अफर, बार फाेनसँग स्मार्टफोन साट्न सकिने

काठमाडौं – सामसङले एनसेलसँगको सहकार्यमा एक्सचेन्ज योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्छन्।

सामसङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउने भएका हुन्। ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन्।

ग्यालेक्सी एम ०१ कोरमा १ जिबी र्याम र १६ जिबी स्टोरेज क्षमता रहेको छ। ग्यालेक्सी एम ०२ मा ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेज वा ३ जिबी र्याम र ३२ जिबी स्टोरेज क्षमता भएको दुई सेटमध्ये कुनै एक लिन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *