श्रवणशक्ति गुमाएकाहरूको उपचारमा दोभासे राखेर सेवा दिँदै क्लिनिक वान


काठमाडाैं – जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा दिने भएकाे छ । श्रवणशक्ति गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरूका लागि केन्द्रित गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभासे राखेर उपचार गराने सम्झौता भएको हो ।

क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा समेत सहज होस् भन्ने उद्देश्यले सो व्यवस्था गरेको क्लिन वानका सञ्चालक रघु राणाले जानकारी दिए । ‘दोभासेको प्रयोगले उनीहरूले सही परामर्श पाउनेछन् । जसका कारण उनीहरूमा स्वास्थ्यसम्बन्धी विश्वास बढ्नेछ । हामीले उनीहरूको मर्कालाई बुझेर यो थालनी गरेका हौं,’ राणाले भने ।

श्रवणशक्ति गुमाएकाहरूलाई विभिन्न परीक्षणको सेवामा २५ छुटको समेत व्यवस्था गरिएको राणाले बताए । त्यस्तै, औषधि र खोपमा १० प्रतिशत र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघको सिफारिसपत्र ल्याएर आउनेहरूको हकमा भने सम्पूर्ण सेवा नि:शुल्क हुने राणाले बताए ।

क्लिन वान २०७२ सालदेखि सञ्चालनमा आएको हो । सुरुमा जाउलाखेलबाट स्वास्थ्य सेवा थालनी गरेको क्लिन वानले २ वर्षअघि भक्तपुरमा पनि आफ्नो शाखा विस्तार गरेको छ । अहिले क्लिनिक वानबाट ३ दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकहरूले बिरामीलाई सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया