म्यानमारकी नेत्री सुकीलाई घरमा नै नजरबन्द


काठमाडाैं – कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटिरहेकी छन् ।

जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसै अनुसार सुकीलाई घरमा सारिएकाे एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टलाई पनि घरमा नै नजरबन्द गरिएको छ । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण कमजोर स्वास्थ्य अवस्था रहेका बन्दीको सुरक्षामा ध्यान दिएको बताए ।

राजधानी नेपिडाउमा तापक्रम ४१ डिग्री सेल्सियस पुग्नसक्ने तथा आउँदो हप्ता अझ तातो हुने अनुमान छ । एजेन्सी

प्रतिक्रिया