इजरायली हमलामा ३४ हजारभन्दा बढीको मृत्यु


गाजा – इजरायल र प्यालेस्टाइनबीचमा अझै युद्ध जारी छ । गत अगस्ट ७ देखि सुरु भएको सो युद्धका ६ महिनाभन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४ हजार ०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भएदेखि घाइते हुनेको कुल संख्या ७६ हजार ८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया