राजमार्ग भासिँदा १८ सवारी फसे, २४ जनाको मृत्यु


काठमाडौं – दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २: १० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरु फसेको थिए ।

उक्त घटनामा २४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरुका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरु हाल जोखिममुक्त रहेका बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरु खसेको बताइएको छ ।

प्रतिक्रिया