इजरायली रक्षामन्त्रीद्वारा प्रधानमन्त्री नेतान्याहुको आलोचना


काठमाडाैं – गाजामा गरिरहेको आक्रमणलाई लिएर इजरायली रक्षामन्त्री योव ग्यालेन्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गरेका छन् । रक्षामन्त्री ग्यालेन्टले गाजामा युद्धपछि सरकारसँग के योजना छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पाउन नसकेको बताए ।

प्रधानमन्त्री नेतान्याहुले गाजामा सैन्य शासन नलगाउने विषय सार्वजनिक रूपमै घोषणा गर्नुपर्ने पनि रक्षामन्त्री ग्यालेन्टलेले बताएका छन् । आफूले गएको अक्टोबरदेखि मन्त्रिपरिषद्को बैठकमा यस्तै प्रश्नहरू उठाउँदै आएको तर कुनै जवाफ नपाएको रक्षामन्त्रीले गुनासो गरेका छन् ।

‘युद्ध मन्त्रिपरिषद्’ का अर्का मन्त्री बेनी ग्यान्ट्ज पनि रक्षामन्त्री ग्यालन्टसँग सहमत भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म इजरायलको आक्रमणबाट ३५ हजार जनाभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । बीबीसी

प्रतिक्रिया