अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेवनान छाड्न आग्रह


एजेन्सी – अमेरिकाले लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ । मध्यपूर्वमा बढिरहेको तनावकाबीच अमेरिकाले जुनसुकै प्रकारले उपलब्ध टिकट प्रयोग गरेर तत्काल लेवनान छाड्न आग्रह गरेको हो ।

यसअघि बेलायतले पनि लेवनानमा रहेका आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनेको थियो । यस्तै जोर्डनले पनि आफ्ना नागरिकलाई लेवनान छाड्न भनेको छ । गएको बुधवार इरानमा प्यालेस्टिनी विद्राेही हमासका प्रमुख इस्माइल हानियाहको हत्या भएपछि इरानले इजरायलसँग बदला लिने धम्की दिएको छ ।

यसअघि इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको पनि हत्या गरेको छ । यी घटनाले मध्यपूर्वमा तनाव बढेको हो । इरानले इजरायलमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले मध्यपूर्वमा आफ्ना युद्धविमान तैनाथ गरेको छ । गएराति हिजबुल्लाहले उत्तरी इजरायलमा केही रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया