जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड? तपाईलाई पर्यो कि परेन यसरी हेर्नुहोस्

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। विक्री प्रबन्धक एनएमिबि क्यापिटलले आज सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको हो।

लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँड गरिएको हो।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

आफूलाई शेयर परे नपरेको जानकारी लिनका लागि केही बेरमा https://iporesult.cdsc.com.np/ क्लिक गरी हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *