नेप्से ३१ सयकाे विन्दुमा, कारोबार रकम झण्डै ११ अर्ब

काठमाडौं – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेरको छ । यस दिन ३१०० विन्दुसम्म पुगेको नेप्से, अन्तिम समयसम्म आउँदा सामान्य अंकले बढेर बन्द भएको हो । सोमबार नेप्से परिसूचक ४.०६ अंक बढेर ३०८५.०७ विन्दुमा पुगेको छ।

त्यसैगरी यस दिन सेन्सेटिभ इण्डेक्स ०.३ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ। यस्तै, यस दिन २२६ कम्पनीको १ लाख ५ हजार पटकको कारोबारमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ उपसमूहको परिसूचक यस दिन ओरालो लागेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ । त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.६३ प्रतिशत, वित्तको ०.३४ प्रतिशत र बैंकिङ्गको ०.०९ प्रतिशत बढेको छ। कारोबारमा आएका व्यापार, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण कावेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, युनिभर्सल पावर, फस्ट माइक्रोफाइनान्स र नागरिक लगानी कोषको कारोबार रकम ३० करोड नाघेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *