पन्जसिरमा युवकलाई घरबाट थुतेर सडकमा ल्याई गोली हानी हत्या

काबुल – अफगानिस्तानको पन्जसिरमा तालिबानका लडाकुले घरबाट थुतेर एक युवकलाई गोली हानी हत्या गरेका छन्।

अफगान सञ्चारमाध्यमका अनुसार तालिबानले आफूविरोधी नोर्दन अलायन्सका सदस्य भन्दै ती युवकलाई मारेका हुन् ।

उनका साथीले उनी त्यस्तो नभएको भन्दै परिचयपत्र देखाउँदा देखाउँदै पनि उनलाई घरबाट तानेर सडकमा ल्याई गोली हानिएको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *