धितोपत्र बोर्डको निमित्त अध्यक्षमा निरज गिरी नियुक्त

काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हिजो (सोमबार) गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो।

भदौ १६ गते बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो ।

छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *