नेप्सेमा झण्डै ७० अंकको बृद्धि, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौं – नेप्से आज (मंगलबार) पनि बढेको छ। आज सेयर बजार ६९.२२ अंकले बढेर परिसूचक २ हजार ७ सय ८४.५७ विन्दुमा पुगेको छ।

हिजोको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ। आज १ करोड ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५७ रुपैयाँमा कारोबार भएको छ। आज पनि सबै उपसमूह बढेका छन्।

बैकिङ १.९ प्रतिशत, ट्रेडिङ २.०४ प्रतिशत, होटल एण्ड टुरिजम २.१४ प्रतिशत, डेभलपमेन्ट बैंक २.०२ प्रतिशत, हाइड्रोपावर ५.३९ प्रतिशत, फाइनान्स ३.२१ प्रतिशत, नन् लाइफ इन्स्योरेन्स १.५१ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन १.९७ प्रतिशत, अन्य ५.९१ प्रतिशत, माइक्रोफाइनान्स् १.६८ प्रतिशत, लाइफ इन्स्योरेन्स १.७७ प्रतिशत, म्युचल फण्ड ०.८५ प्रतिशत र इन्भेष्टमेन्ट १.८१ प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै अन्य उपसमूह ५.९१ प्रतिशतले बढेको छ।

यस्तै कम्पनीतर्फ नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, मञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र उपर तामाकोसी हाइड्रोपावर लिमिटेड शत प्रतिशत उकालो लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *